Monday, October 12News That Matters

प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर च्याम्पियन

पूर्णपुष्टि संवाददाता /असोज ६ । उदयपुर
विराटनगरमा ‘विराटनगर किङ्स’को आयोजनामा सम्पन्न प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर विजेता बनेको छ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर लगायतका जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो। उदयपुरले प्रतियोगिताका चारवटै खेलमा लगातार जित हात पार्दै उपाधि आफ्नो नाममा गरेको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उदयपुरले चार खेलमा चारै जित निकालेर विजेता बन्न सफल भएको आयोजकले जनाएको छ।