Thursday, April 24News That Matters

राई मृत अवस्थामा फेला

खोटाङ, साउन १७ गते ।

खोटाङको घोरिंखामा खड्गबहादुर राई मृत अवस्थामा फेला परेको छ । बराह पोखरी गाउँपालिका – ४ निबासी ६० वर्षीय राई घोरिंखामा मृत अवस्थामा फेला परेको हो ।

विहिबार बजार एरियामा गएको राई राती अवेरसम्म घर नआएपटि आफन्तले खोजतलास गर्ने क्रममा शुक्रबार विहान करिब विहानको ८ बजे घोरिंखाको एक खेतमा घोप्टो परेको अवस्थमा राईलाई मृृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पउनासाथ प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।