
पूर्णपुष्टि, गाईघाट/असोज ६ गते ।
साविक भुमरसुवा गाविस ९ र देउरी गाविस १, हालको त्रियुगा नगरपालिका वडा नं ६ र ७ अवस्थि रहेको लामो समयदेखी भोगचलन गर्दै आएको ऐलानी जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दै स्थाीयहरुले जिल्ला प्रशासन कार्यलय उदयपुर समक्ष ज्ञापन पत्र बुझाएको छ । लामो समयदेखीनै स्थानीय सरकार र सम्बवन्धित निकायहरु सुकुम्वासि आयोग लगायतलाई जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दा ति निकायहरुले कुनै पनि अवस्थामा ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरलाई स्थानीयहरुले गुहार मागेको छ । करिब ३ सय बढी स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मन्त्रालयहरुलाई समेत पत्र बुझाउँदै जग्गा नापी गरेर जग्गा धनी लालपुर्जा वितरण गर्न माग सहित पत्र बुझाएको छ । जग्गा नापीका लागि तत्काललै आवश्यक प्रक्रियाहरु अपनाएर आफुहरुले लामो समयदेखी भोगचलन गर्दै आएको जग्गा धनिपुर्जा उपलब्ध गराईदिन माग गरेको हो ।
२००५ सालमै नम्वरी भएको उक्त जग्गा २०२२ र २०२३ सालको अविरल बर्षाको बाढीले कटान गरेको र स्थानीयहरुले उक्त बगर नापी हुन छुट भई २०३५ सालदेखी निरन्तर भोगचलन गर्दै आएको अवस्थामा हाल सम्म पनि नापी नभई आफुहरु भुमिहिन सुकुम्वासी बन्न बाध्य भएको भन्दै करिब ३ सय घर परिवारहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा डेलिकेशन गरी धनिपुर्जा उपलब्ध गर्न माग गरेको हो ।
उक्त जग्गा नाँपजाँच तथा धनि पुर्जा प्राप्तीका लागि तत्कालिन मालपोत कार्यालय बोक्सेले स्थलगत साँछी सर्जिमिन मुचुल्का तयार गरी मालपोत कार्यालयको कर्ण बहादुर बस्नेत, श्याम प्रसाद पोखरेल लगायतको टोली पठाई तत्कालिन वडाअध्यक्षको रोहवरमा मिसिल खडा सहिछाप गरी सिफारिस साथ मालफोत कार्यालयमा प्रतिवेदन पेस भएको थियो । त्यस पछि भने तप काम कार्वाही अगाडी बढ्न सकेका अवस्था थिएन । पछि २०६६ सालको सुकुम्वासी समस्या समधान आयोगका अध्यक्ष बस्नेतको उपस्थितिमै उक्त जग्गा दर्ताका लागि फाराम भरी तत्काललीन त्रियुगा नगरपालिकामा सिफारिसमा थप कानुनी कावाहीको लागि मालपोत कार्यालय उदयपुर बोक्सेमा पेश गरिएको थियो । त्यस पछि पनि त्रियुगा नगरपालिकाको कार्यालयमा बिभिन्न टोल संस्था मार्फत जग्गा माग फाराम भरी जग्गा नापजाँचका लागि नगर प्रमुख तथा उपप्रमुख समक्ष पटक पटक अनुोध गरेको तर नापजाँच भने हुन नसकेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । उक्त डलिकेशनमा ६ र ७ कै वडाअध्यक्षहरु समेत सहभागी भएको छ । उनिहरुले लामो समयदेखी भोगचलन गर्दै आएका भुमिहिन सुकुम्वासीहरुलाई नै जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउनु पर्नेमा वडाअध्यक्षहरुले जोड गरेको छ ।

