
पूर्णपुष्टि, चैत ५
श्रीमानसँगै होटलमा बसेकी एक जना महिला धनगढीमा आज मृत फेला परेकी छन् । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया मृत फेला परेकी हुन् ।
धनगढी–३ को सौराइ होटलमा भुइँमा सुतेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रोकाया भारतको पन्जाबमा बस्दै आएकी थिइन् । जग्गासम्बन्धी काम भएकाले उनी धनगढी आएको प्रहरीले जनाको छ । उनको मृत्युपछि श्रीमान सुर्जल रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना शंकास्पद रहेकोले विशेष तरिकाबाट अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

