अध्यक्ष कृषि परियोजना अन्तर्गत लिम्चुङबुङमा २४ कृषकहरुलाई हाते ट्याक्टर वितरण

पूर्णपुष्टि, असार १७

लिम्चुङबुङ गाउँपालिकाले २४ जना व्यवसायीक कृषकहरुलाई ६० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाको ५ ओटै वडाका कृषकहरुलाई अध्यक्ष कृषि परियोजना अन्तर्गत ट्याक्टर वितरण गरेको हो ।

शनिवार पालिका अध्यक्ष मेजर कुमार राईले पालिका परिसरमै ट्याक्टर वितरण गर्नुभयो । ट्याक्टर वितरण गर्दै अध्यक्ष राईले लिम्चुङबुङ पनि अब प्रविधिमय कृषि तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले अत्याधुनिक नयाँ प्रविधिबाट कृषकहरुलाई थप सहज बनाउने भन्दै ट्याक्टर वितरण गरेको जनाउनुभयो । राईले लिम्चुङबुङ गाउँपालिका कृषिको क्षेत्रमा निकै आत्मानिर्भर मुखि भएको र अध्यक्ष कृषि कार्यक्रमले कृषकहरुलाई थप सफल बनाएको बताउनुभयो ।

लिम्चुङबुङ गाउँपालिकाका कृषि शाखा अधिकृत जनजित अधिकारीले कृषिलाई अत्याधुनिक यान्त्रिकरणको रुपमा विकास गर्न पालिकाका व्यवसायीक कृषकहरुलाई सामाग्री वितरण गरिएको बताउनुभयो । उहाँले पालिकाको ५ ओटा वडाहरुमै सामाग्री वितरण गरेको बताउनुभयो । अधिकारीका अनुसार वडा नं १ मा ५ ओटा, २ मा ५ ओटा, ३ मा ७ ओटा, ४ ३ ओटा र ५ मा ४ ओटा गरी जम्मा २४ ओटा हाते ट्याक्टर वितरण गरेको हो ।

पालिकाले पहिलो बर्ष पनि १० ओटा हाते ट्याक्टर कृषकहरुलाई वितरण गरेको थियो । यान्त्रीकरण सामाग्री कन्काई कृषि भण्डारले आपुर्ति गरेको कृषि शाखा प्रमुख अधिकारीले बनाउनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0