अन्तरक्रिया तथा दिप प्रज्वलन गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान उदयपुरमा सम्पन्न

पूर्णपुष्टि, मंसिर २४
नोभेम्बर २५ देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन गाईघाटको पिपल चौकमा दिप प्रज्वलन गरी कार्यक्रमको समापन भएको छ । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको दिन संगम सामुदायीक पुस्तकालयमा अन्तरक्रिया तथा दिप प्रज्वलन गरी सम्पन्न भएको हो ।
“जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाई १६ दिने अभियानको अन्य गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत १५ दिन सम्म ८ वटै पालिकामा विभिन्न महिलासंग सम्बन्धी कामहरु भएको जिल्ला समन्वय समिति उदयपुरका उप–प्रमुख गंगा राईले बताउनुभयो । उहाँका अनुसार विशेष गरि जिल्लामा मात्रै केन्द्रित नभएर यो वर्ष भौगोलीरुपले विकट भएका गाँउलाई गाप्रथमिकतामा राखि कार्यक्रम भएको छ । १६ दिने अभियानको अन्तिम दिन मानव अधिकार दिवसको अवसरमा महिला अधिकार कर्मी सिर्जना दनुवारले भन्नु भयो “ यो अवसरमा नेस्पेक, मानव अधिकार एलाइन्स नेपाल, ओरक, हुरण्डेक लगाएतका संस्थाहरुले काम गरेको छ ।” उहाँका अनुसार जिल्लाका सबै वडाहरुलाई समेटेर १६ दिने अभियानका कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0