आईसियूबाटै प्रहरीको पञ्जामा बलात्कारार आरोपी सिद्धबाबा

मंसिर १६ गते ।  

बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनेर चिनिउने कृष्ण दासलाई प्रहरीले अस्पतालको आईसीयूबाटै पक्राउ गरेको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेपछि आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीले खोजी गरेको थियो ।

प्रहरीले अनुसन्धानका लागि कार्यालय लैजान प्रहरी अस्पताल पुगेपछि नाटकीय तरिकाले दास आईसीयूमा भर्ना भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माको नेतृत्वमा प्रहरी टोलीले दासलाई सोमबार विहान गरेको हो ।

आईतबार विहान प्रहरी टोली अस्पताल पुग्दा हृदयघात भएको भन्दै आईसीयूमा लगिएको थियो । प्रहरीका अनुसार दासको स्वास्थ्य अवस्था सामान्य रहेकाले पक्राउ गरेको जनाईएको छ ।

दासलाई पक्राउ गरि एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको प्रहरीले जनाएको छ । चतराधाममा १२ वर्षदेखि सिद्धबाबाको रुपमा बस्दै आएका इटहरी–२० का कृष्ण दासले आफ्नै अनुयायी महिलामाथि गत कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । दासले महिलालाई आश्रममै बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0