आज क्रिसमस्डे, ईसाई धर्मलम्वीहरुले भव्य रुपमा मनाउँदै

पूर्णपुष्टि, पुष १०
आज नेपालमा पनि क्रिसमस डे भव्य रुपले मनाईँदैछन् । इसाई धर्मलम्वीहरुले बिषेश रुपमा मनाउँने यो चाँड बिभिन्न कार्यक्रमको आयोजनामा मनाउने तयारी भईरहेको छ । इसाई धर्मका समुदायहरुले यस चाँडलाई बिषेश गरी मनाउने गर्छ ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको भन्दै यस चाँडलाई ईसाई धर्मलम्वी ख्रिष्टियनहरुले ठुलो बिश्वासको रुपमा मनाउने गर्छन् । मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको क्रिश्चियन सामुदायका भनाई छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउने थालेको हो ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिश्टियन महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0