Sunday, June 28News That Matters

आज सुनको भाउमा वृद्धी

पूर्णपुष्टि,चैत ५

आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले वृद्धी भएको हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ रहेकोमा आज बढेर ८७ हजार दुई सय रुपैयाँमा  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदीको भाउमा पनि आज बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार दुई सय ९० रुपैयाँमा महासंघले जनाएको छ ।