ईटहरीमा सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु

पूर्णपुष्टि, मंसिर २९
सुनसरीको ईटहरी उप–महनगरपालिका–४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको ज्यान गएको छ । ईटहरी–४ का ५१ वर्षीय श्री मुरारी गिरीको छुरा प्रहारबाट ज्यान गएको हो ।
हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका १९ वर्षीय सालो अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते भएका गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे ज्यान गएको थियो । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0