उदयपुरका साहसहित पाँचजना सुचना आयोगबाट सम्मानित

पूर्णपुष्टि, असोज १३
सुचनाको हकका लागि लामो समयदेखि लागी परेका उदयपुरका अजयकुमार साह राष्ट्रिय सूचना अयोगबाट मंगलबार पुरस्कारसहित सम्मानित छन् । साह लगायत पाँचजना सुचनाको हकका अभियान्ताहरुलाई आयोगले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्त्तर्राष्ट्रिय दिवसको अवसरमा सम्मान गरेको हो ।
सञ्चारकर्मी एवम् सामाजिक अभियान्तासमेत रहेका साह लगायत डा मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार (पर्सा)लाई आयोगले सम्मान गरेको हो । उनीहरुलाई आयोगको स्थापना दिवसको अवसरमा गत वैशाख २२ गते पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको थियो । उनीहरुलाई “विनय कसजू उत्कृष्ट राष्ट्रिय अभियन्ता पुरस्कार” प्रदान गरिएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अभियन्ताहरुलाई पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार घटाउन र नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभएको छ ।
सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने सूचना अधिकारी दयाराम तिवारी (मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका), राजेश चौधरी (जिल्ला हुलाक कार्यालय ताप्लेजुङ) र सरोज खतिवडा (जिल्ला हुलाक कार्यालय खोटाङ्)लाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0