उदयपुरका दुई नेतृलाई अनेमसंघको सम्मान

पूर्णपुष्टि, मंसिर २२
अखिल नेपाल महिला संघ (अनेमसंघ) उदयपुरले नेकपा एमालेका दुई नेतृलाई सम्मान गरेको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर अनेमसंघले पर्यटकिय क्षेत्र चितवनमा सम्पन एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित उदयपुरका केन्द्रिय सदस्यद्धय मन्जुकुमारी चौधरी र अम्बिका थापालाई सम्मान गरेको हो ।
दुबै जना अनेमसंघको केन्द्रिय कमिटीका सचिवालय सदस्य हुन् । यसअघि केन्द्रिय कमिटी सदस्य रहेकी चौधरी संबिधानसभा सदस्य एवंम पुर्वसहरी विकास राज्य मन्त्री हुन् भने थापा प्रदेश नम्बरर १ की वर्तमान सांसद हुन् ।

अनेमसंघले पार्टी कार्यालय पुरानोगाईघाटमा कार्यक्रमको आयोजना गरी फुल, खादा र दोसल्ला ओढाएर सम्मान गरेको हो । बिषम परिस्थितिमा थुप्रै प्रतिसपर्धिको भिडमा उदयपुरबाट दुई जना महिला नै केन्द्रिय कमिटीमा पर्न सफल भएको खुशीयालीमा सम्मान गरिएको आयोजक कमिटी अध्यक्ष महेश्वरी राईले बताईन् ।
उनले भने, ‘उदयपुरबाट पाएको कोटामा दुई जना महिला केन्द्रमा पर्नु हाम्रो लागि गौरव र खुशीको बिषय हो, त्यसैले पार्टीले गरेको यो सम्मानलाई जोगाई राख्नु आम कार्यकर्ताको मर्म हो । कार्यक्रममा सम्मानित द्धय, पार्टीका नेताहरुले बोलेका थिए ।
उनीहरुले चौतर्फी घेराबन्दीको सामना गर्दै पार्टी यो अवश्थामा आईपुगेको बताएका थिए । प्रतिकुल अवश्थामा पार्टी भित्र निर्वाचन भन्दा पनि सर्वसहमतको प्रयास जारी राख्न पार्टीका कार्यकर्ता र शुभचिन्तकको दवावलाई नेताहरुले व्यवस्थापन गरकोमा धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0