उदयपुरको बिलाउने कोरिया खोलाले बगाएर एक पुरुषको मृत्यु

पूर्णपुष्टि, कार्तिक ३
उदयपुरमा मंलबार बिहानबाट निरन्तर परेको अबिरल वर्षाका कारण आएको खोलाबाढीले बगाउँदा एक पुरुषको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ बिलाउने कोरिया खोलामा आएको बाढीले बगाउँदा सोही स्थानका ४० वर्षीय टुुकबहादुर खड्काको ज्यान गएको हो ।

खड्का हिजो बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो । उनको खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ साढे ६ बजे १ किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0