उदयपुरको भूतिया दहमा नुहाउँने क्रममा डुबेर युवाको मृत्यु

पूर्णपुष्टि, असोज २०
उदयपुरको भूतिया दहमा नुहाउँने क्रममा डुबेर एक जना युवाको ज्यान गएको छ । मोरङको सुन्दरहैंचा नगरपालिका–४ बलिया निवासी अन्दाजी २२ वर्षीय शिखर सिलवारको भूतिया दहमा डुबेर ज्यान गएको हो ।

बेलका नगरपालिका–५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर भुतिया दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ ।

यस भुतिया दहबाट बेला बेलामा धेरै पौडि खेल्ने क्रममा घाइते भएको तथा धेरै समय अगाडि पनि पौडि खेल्ने क्रममा मृत्यु भएको पाइएको छ ।
बेलका नगरपालिकाले बेलका पर्यटकिय स्थलको सुचिमा यश दहलाइ पनि राखेको छ भने गर्मीको समय र बिदाको दिन यहाँ सयौको संख्यामा पौडी खेल्न आगन्तुक आउने गरेको छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0