उदयपुरका २ जनालाई ठगी गरेको अभियोगमा विराटनरबाट एक जना पक्राउ

पूर्णपुष्टि, मंसिर २९

उदयपुरको दुई जनालाई जागिर लगाउने प्रलोभन देखाई ठगी गरेको अभियोगमा विराटनगरबाट एक जना पक्राउ परेको छ । मोरङको बिराटनगर महानगरपालिका–१० बसपार्क स्थितबाट गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल पक्राउ परेको हो ।

अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक–पटक गरी नगद रु. १ लाख ७३ हजार रकम ठगि गरेका थिए । पक्राउ परेका अर्यालको जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0