उदयपुरमा अटो चालकले ८ लाख बराबरको छुटेको गरगहनाको सामान धनिलाई खोजेर बुझाए

पूर्णपुष्टि, असोज २४
उदयपुरमा एक अटो चालकले उदाहरणीय काम गरी धन्यवादको पात्र बनेको छ । करिब ८ लाख बराबरको गरगहना र लत्ता कपडाको सामान आफ्नो अटोमा छुटेको अवस्थामा इमान्दारपुर्वक यात्रु तथा सामानको धनिलाई बुझाएको छ । धेरै मानिस यस्ता हुँदैननकी महत्वपूर्ण सामान र पैसाहरु धनिलाई खोजी खोजी बुझाउँ ।

उदयपुरको कटारीमा भने ति चालकले आफ्नो इमान्दारको भरपुर सदुपयोग गरे । कटारी नगरपालिका वडा नं ४ सिम्लेका खड्ग बहादुर तामाङले शुक्रबार आफ्नो अटोमा छुटेको सामान धनिलाई बुझाएर इमान्दार चालकको परिचय दिए । उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेंसीकी मेनुका राईको स१ह १२३१ नम्बरको अटोमा ठुलो रकमको गरगहना र अन्य सामानहरु छुटेका थिए ।

यात्रु ओसार पसारमा व्यस्त रहने ५५ बर्षिय तामाङले त्यो दिनको आफ्नो सबै काम सकेर फर्किए उनले अटो पछाडी हेर्दा केहि गरगहनाको महत्वपूर्ण सामान र लत्ता कपडा देखे । उनले सुरुमा कस्को हो भन्ने कुनै पहिचान गर्न सकेनन् ।धेरै सोँच्दा सोँच्दा सामान कस्को हो भनी पहिचान गर्न नसकेको उनले अर्को दिन काम छाडेर सामान धनिको पहिचानमा जुटे । धेरै सोचेपछि उनले सामान धनिको पहिचान गरे ।सामान धनिको पहिचान गरी खड्काले इलाका प्रहरी कार्यालय कटारीको रोहबरमा धनिलाई सामान बुझाएको हो ।
इमान्दारीता देखाउने समय बेरी बेरी आउँदैन त्यसैले तपाई हामि सबैले यो उदाहरण हेरेर पनि आफ्नो इमान्दारी आजै बाट चिन्ने काम गरौँ । ती सामान पाउने धनि मेनुका राईलाई बधाई अनि इमान्दारीका व्यक्तित्व खड्ग तामाङलाई धेरै धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0