उदयपुरमा अबैध औषधी विक्रि गर्ने एक पक्राउ

पूर्णपुष्टि, कार्तिक ४
उदयपुरको एक क्लिनिकमा अबैध औषधी पसल सञ्चालन गरी विक्रि वितरण गर्दै आएका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलका नगरपालिका–५ स्थित सूर्य उपचार क्लिनिकमा अवैध रुपमा औषधि पसल सञ्चालन गरेको अभियोगमा सोही ठाँउका सूर्यमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

क्लिनिकमा अबैध रुपमा औषधी पसल सञ्चालन गरि विभिन्न किसिमका औषधीहरुको समिश्रण तयार गरी दुरुपयोग गरि लागूऔषध प्रयोगकर्ताहरुलाई बेचबिखन गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार बेलुका ७ः१५ बजे पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकीलाल बजारको संयुक्त रूपमा प्रहरी टोली खटिई गई बेचबिखन गर्दैगर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई विभिन्न किसिमका औषधीसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0