उदयपुरमा आजबाट २५ जना भन्दा बढी भेला हुन नपाउने, प्रशासनले यी कुराहरुमा लगायो रोक

पूर्णपुष्टि, पुष २८
नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ । प्रशासनले बुधवारबाट जिल्ला भित्र २५ जना भन्दा बढी उपस्थित भएर सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव गर्न रोक लगाएको हो ।
गृह मन्त्रालयको निर्देशन अनुसार उदयपुर जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको मंगलवार बसेको बैठकले यी विभिन्न कुराहरुमा रोक लगएको छ ।

मन्त्रालयले पुष २६ गते एक सुचना प्रकाशन गर्दै २५ जना भन्दा बढी उपस्थित भएर गरिने सम्पूर्ण गतिविधीलाई प्रतिबन्ध गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको थियो ।
माघ ७ गतेबाट सार्वजनिक स्थलहरु (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिर्वाय रहेको पनि प्रशासनको विज्ञाप्तीमा उल्लेख छ । अथवा कार्ड नबोकेको अवस्था मोवाईलमा फोटो भए पनि देखाउनु पने विज्ञाप्तीमा उल्लेख छ ।
सार्वजनिक स्थल तथा भिडभाड हुने ठाउँहरुमा प्रशासनले यस प्रकारको निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0