उदयपुरमा कोरोना विरुद्धको खोप आइतबार र बुधबारवाहेक अन्य बार लगाइने

पूर्णपुष्टि, मंसिर २७
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले सोमबार कोरोना भाईरस कोभिड–१९ विरुद्धको खोप प्रत्येक हप्ता लगाईने सूचना जारी गरेको छ । खोप नलगाएका १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई उदयपुर अस्पतालमा भेरोसेल खोप लगाईने सूचना जारी भएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, टेकु, काठमाडौंको समन्वयनमा हालसम्म खोप नलिएका नागरिकले प्रत्येक हप्ताको दुई दिन वाहेक जिल्ला अस्पतालमै खोप लगाउन पाउने छ । हप्ताको आईतबार र बुधबारका दिन वाहेक कोरोना विरुद्धको खोप सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख बृज कुमार दासले बताउनुभयो । उहाँका अनुसार तोकीएको दुई दिन र सार्वजनिक विदामा  भए सो दिन खोप लगाईने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0