उदयपुरमा लागुऔषाधको फरार प्रतिवादी राई पक्राउ

पूर्णपुष्टि, पुष ३
उदयपुरमा लागुऔषाधमा संलग्न रहि फरार रहेको प्रतिवादी एक जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेलका नगरपालिका घर भएका कृष्णबहादुर राईलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो । राईलाई लागूऔषधमा १ वर्ष ६ महिना र १० हजार जरिवानाको जिल्ला अदालत उदयपुरले फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार जिल्ला अदालतबाट कैद तथा आर्थिक जरिवाना फैसला सुनाईएका उनलाई विशेष अभियानअन्तर्गत समातिएको हो ।

ला गु औ षध तथा पुराना मुद्धाका फरारहरुमाथि केन्द्रीत रहेको उदयपुर प्रहरीले पछिल्लो समय लामो समयदेखि भा ग्दै आएका संलग्नहरु नियन्त्रणमा लिने अभियान सञ्चालन गरेको छ ।

पक्राउ परेका राईलाई सजाय भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0