उदयपुर कांग्रेसमा प्रष्ट दुईधार, प्रदेश सभा अधिवेशनमा सरोज बस्नेत र देवी चौधरीको सभापतिमा उम्मेदवारी

पूर्णपुष्टि, कार्तिक २३ ।
नेपाली कांग्रेस उदयपुरमा प्रष्ट दुईधार देखिएको छ । कांग्रेसको देउवा र पौडेल समुहमा दुईधार देखिएको हो । नगरस्तरबाटै नेतृत्व चयनमा देखिएको प्रष्ट दुईधार अहिले प्रदेश सभा अधिवेशनमा पनि देखिएको छ । यो जिल्लाको नेतृत्वमा पनि प्रष्ट देखिनेछ । कांग्रेसको केन्द्रमै यो किसिमको धार रहेकाले जिल्लार गाउँतहसम्म देखिएको हो ।
प्रदेश सभा अधिवेशनका लागि सभापतिमा सरोज बस्नेत र देवीकुमारी चौधरीको उम्मेदवारी सार्वजनिक भएको छ । कांग्रेसको पूर्व नगर सभापति बस्नेत नेतृत्वको प्यानल हिजो घोषणा भएको छ । उनको नेतृत्वको प्यानलमा उपसभापतिका उम्मेदवारद्वय चन्द्रबहादुर तामाङ र उद्धवबहादुर राउत छन् । सचिव उम्मेदवारद्वयमा फिरन खड्का र कुवेर ग्रांजा मगर रहेका छन् भने सहसचिव उम्मेदवारद्वयमा लक्ष्मणप्रसाद भट्टराई र अर्पना दनुवार रहेका छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारहरुमा उद्धवकुमार थापा, संजिकुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरतकुमार दाहाल छन् । प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारको खस आर्यमा नरेश ढकाल र गोमा कट्वाल छन् । आदिवासी जनजातीमा भक्तबहादुर मगर र मिराहाङ वान्तवा छन् । थारुमा सत्यनारायण चौधरी, दलितमा ध्रुव साह सुनार रहेका छन् । महिला खुल्लातर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल र रिता कार्की खड्का छन् भने क्षेत्रीय समिति सदस्यका उम्मेदवारहरुमा दुर्गा कठ्यात, अर्जुन कट्वाल र मिना दनुवार रहेका छन् ।
यता, कांग्रेसको तर्फबाट त्रियुगा नगरपालिकाको उपमेयर बनेकी देवीकुमारी चौधरी नेतृत्वको प्यानलमा उपसभापतिका उम्मेदवारद्वय कमलकुमार राउत र प्रेमकुमार राना मगर छन् । सचिव उम्मेदवारद्वय शैलेस बस्नेत र केशबकुमार राया छन् भने सहसचिव उम्मेदवारद्वय सरस्वती महतरा र रत्नाकुमारी राई रहेका छन् । केही दिनअघि फेसबुकमार्फत सार्वजनिक भएपनि औपचारिक घोषणा बाँकी चौधरी नेतृत्वको प्यानलमा अन्य सदस्यका उम्मेदवारहरु सार्बजनिक हुन बाँकी छन् । आन्तरिक तयारी भईरहेको सो प्यानलका सचिव उम्मेदवार बस्नेतले बताएका छन् ।
बस्नेत नेतृत्वको प्यानल भने हिजो एक समारोहकाबीच प्रदेश मन्त्री हिमाल कार्कीको उपस्थितिमा औपचारिक घोषणा भएको हो । सो कार्यक्रममा संघीय सांसद लक्ष्मी परियार, प्रदेश सांसद जनु दनुवारसमेतको उपस्थिति थियो ।
प्रदेश सभा अधिवेशनपछि जिल्ला अधिवेशनमा कांग्रेस उदयपुरको सभापति विदुर बस्नेत र पूर्व जिल्ला सभापति तथा प्रदेश मन्त्री हिमाल कार्कीबीच सभापतिमा प्रतिष्पर्धा हुने देखिएको छ । देउवा पक्षधर कार्की र पौडेल पक्षधर देखिएका बस्नेतबीच बाजी मार्न अहिलेदेखि नै मतदाताको हिसाव चलिरहेको छ । उनीहरुबीच कडा प्रतिष्पर्धा हुने आकलन कार्यकर्ताबीचमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0