एकै परिवारका २ नाबालकको मृत्यु, विष खुवाई हत्या गरेको परिवारजनको आरोप

पूर्णपुष्टि, कार्तिक २९
एक परिवारका दुई जना नाबालकको विषका कारण ज्यान गएको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको विषका कारण ज्यान गएको हो ।
ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0