एमालेको आठौँ जिल्ला अधिवेशनको उदयपुरमा भव्य तयारी हुँदै, ७ सय प्रतिनिधि रहने

पूर्णपुष्टि, पुष १६
नेकपा एमालेको यहि पुष २३ देखी देशैभर आठौँ जिल्ला अधिवेशन हुँदैछ । सोहि अधिवेशनका लागि दशैभरका जिल्लाहरुले कार्यक्रमको पूर्ण तयारी थालेको छ । उदयपुरमा पनि अधिधवेशनका लागि बिभिन्न कामहरुको तयारीलाई तिव्र बढाईको जनाईको छ । शुक्रबार गाईघाटको ड्रिमल्याड होटलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ईश्वरमणी राउतले जिल्लामा अधिवेशनको भव्य तयारी भईरहेको जनाए ।

पार्टीले अधिवेशनका लागि जिल्लाको ८ पालिका बाट ७ सय हाराहारीमा प्रतिनिधि तयार गर्ने समेत जनाएको छ । जिल्लामा पार्टी अधिवेशनका लागि ७ सय प्रतिनिधिका रहने गरी काम थालिएको जनाए । जिल्लामा रहेको ७५ ओटा वडालाई भुगोल मान्दै प्रत्येक वडा बाट ३ जनाको दरले प्रतिनिधि चयन गरीने कार्यक्रममा जनाईएको छ ।

तिन जनालाई २० जनाको संख्या निर्धारण गरी प्रतिनिधि तयार गरिने जनाएको छ । यता पालिका बाट पनि ३ जना प्रतिनिधि बन्ने छ । त्यसैगरी उत्पिडित समाज र अन्य पार्टी बाट प्रवेश गरेकाहरु बाट दश जनाको संख्या निर्धारण गरी १÷१ जनालाई प्रतिनिधि बनाईने जनाईएको छ । वडा र पालिकामा प्रत्येक ३ जना बाट महिला अनिवार्य राखिएको छ ।

अध्यक्ष राउतका अनुसार जिल्लामा हाल ८ हजार भन्दा बढी पार्टी सदस्यहरु रहेको जनाएको । अधिवेशनमा बाहिरको अतिथि तथा कार्यकर्ताहरुलाई भन्दा पनि स्थानीय पार्टी कार्यकर्ता तथा नेताहरुलाई प्राथामिकता दिएर कार्यक्रम भव्य सम्पन्न गर्न लागिएको राउतले बताए । अधिवेशन २३, २४, र २५ गते सम्पन्न हुने जनाईएको छ । २३ गते उद्घाटन सत्र केन्दीय अध्यक्ष केपी ओलीले भर्चुअल रुपमा एकै साथ गर्ने जनाईएको छ । हाल उदयपुरमा पार्टीमा १०५ जनाको जिल्ला कमिटी सदस्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0