एमाले उदयपुरको नवनिर्वाचित कमिटीले आगमी कार्यकालको योजना प्रस्तुत गर्यो

पूर्णपुष्टि, पुष २०
नेकपा एमाले उदयपुरको नयाँ निर्वाचित कमिटीले आगामी कार्यकालको योजना प्रस्तुत गरेको छ । कमिटीले बिहिबार गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्य योजना बारे विस्तिृत जानकारी गराएको हो । कमिटीका अध्यक्ष परमेश्वर घिमिरेले आगामी कामको योजना प्रस्तुत गर्दै पार्टीलाई चलायमान बनाउने बताए ।

घिमिरेले टोलटोलमा पार्टी गठन, कार्यलय व्यवस्थापन, संगठन व्यवस्था, पार्टी प्रवेश अभियान, एमालेमय वस्ती, युवालाई जिम्मेवारी विकास कार्यमा अगुवाई, पार्टी कार्यकर्ता कोष स्थापना लगायत महत्वपूर्ण काम आगामी योजना रहेको जनाए । कार्यक्रममा निर्वाचनको क्रममा पार्टी, कार्यकर्ता, नेता र बाहिर सुनिएका उठेका कुराहरुलाई समेत समेट्दै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0