एमाले उदयपुरको मेजर पोष्टमा किन अटिनन् महिला नेतृत्व ?

पूर्णपुष्टि, पुष २६
नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशनको अध्यक्ष मण्डलले सोमवार साँझ अध्यक्ष सहितको पदाधिकारीहरुको नाम सार्वजानिक गरेको छ । अम्विका थापा मञ्जु चौधरी लगायतको अध्यक्ष मण्डलले बन्द सत्रको करिब ३ दिन पश्चात पदाधिकारीहरुको नाम सर्वसहमत सार्वजानिक गरेको हो । कुनै पनि आकांक्षीहरुमा फेरि पनि चित्त नबुझेको भए मंगलबार सम्म उम्मेदवारी मनोनयन दर्ता गराउन सक्ने भन्दै आफ्नो तर्फ बाट पदाधिकारीहरुको नाम सार्वजानिक गरिसकेको छ ।

अध्यक्ष मण्डलले कमिटी अध्यक्षमा परमेश्वर घिमिरे, उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा र उपसचिवमा भरत थापा र टेक बहादुर राउतको नाम सार्वजानिक गरेको छ । यसरी ५ जनाको नाम सार्वजानिक हुँदै गर्दा कुनै पनि महिला नेतृको भने नाम आएन । यस्को मतलब मेजर पोष्टमा एकै जना महिला पनि आँटिनन् । त्यसोत मेजर पोष्टका लागि कुनै पनि महिलाहरुले दावी नगरेको पनि होईन । एमाले उदयपुर आठौँ अधिवेशनमा दुई महिला नेतृत्व महेश्वरी राई र सिर्जना दनुवारले उपसचिवमा आफुहरुको दावी रहेको घोषाण गरेकी थिईन् ।

तर ती दुवै महिलारुलाई उपसचिवमा अटाईएन । अध्यक्ष मण्डलको अध्यक्ष तथा जिल्ला ईन्चार्ज मन्जु चौधरीले बिभिन्न समस्यालाई समाधान गर्दै पार्टीलाई एक ढिक्का बनाउनका लागि मिलाउँदै जाँदा महिलाहरुको नाम नआँटेको बताईन् । चौधरीले राजनितिको निति नियम अनुसार भुगोल लाई समेत समेटेर गरेको निर्णयको कारण महिला नेतृत्वहरुले स्थान नपाएको बताईन् ।

चौधरीका अनुसार उदयपुरमा दुई ओटा निर्वाचन क्षेत्र १ र दुईलाई समेटेर लैजाने क्रममा यस्तो अवस्था आएको जनाईन् । चाधरीले उदयपुरमा रहेको ८ ओटा पालिका र दुई ओटा निर्वाचन क्षेत्रको भुगोललाई समेट्ने क्रममा पालिकाहरुलाई समेट्न नसकेको भएपनि क्षेत्रलाई भने समेटेर नाम सार्वजानिक गरेको बताईन् ।

यस्तै गरी अध्यक्ष मण्डलकै प्रदेश सांसद समेत रहेकी अम्विका थापाले नाम सार्वजानिक गर्न इन्चार्जलाई नै जिम्मा दिएको भन्दै आफुलाई यसबारे कसरी महिला नेतृत्व आएन भन्ने कुरामा दुख लागेको बताईन् । । आफुले महिला नेतृत्वमा दुईजना पक्कै पनि आउँछ भन्ने सोचिरहेको अवस्थामा पछि महिलाहरुको नाम नआउँदा आफुलाई दुख लागेको जनाईन् । महिला नेतृ अर्थात उपसचिव पदको निर्णय फेरिएर आउँछ भन्नेमा आफु कत्ति पनि विश्वास्त नरहेको भएपनि पछिल्लो समय आएको निर्णयले आफुलाई दुखिद बनाएको जनाईन् । थापाको अनुसार अध्यक्ष मण्डलले ईन्चार्ज लाई मेजर पोष्ट छान्ने जिम्मेवारी दिएको बताउँदै भुगोल मिलाउँदै जाँदा पुरुषहरुको मात्रै नाम आएको बताईन् ।

उनले यसरी पुरुषको मात्रै नाम आउनुमा स्वयम आफुलाई पनि गुनासो लागेको बताईन् । एमाले उदयपुरकी उपसचिव पदमा दावी गरेकी सिर्जना दनुवारले अनिवार्य महिला पदाधिकारीको निति नभएको भएपनि पछिल्लो समय यसलाई पार्टीले ३३ प्रतिश अनिवार्य महिला भन्दै गर्दा कुनै पनि महिलाहरुले मेजर पोष्टमा नेतृत्व गर्न नपाउँदा अनौठो फिल भईरहेको बताईन् ।

दनुवारले आफुनै हुन पर्छ भन्ने कुरामा हैन् अन्य कुनै एकै जना महिलाहरुले भएपनि मेजर पोष्टमा काम गर्ने वातावरण बनेको भए राम्रो हुने आफ्नो धारणा रहेको जनाईन् । उनले महिलाहरु पनि सहभागी हुने कुरालाई जोड् गर्दै जाँदा कुनै पनि महिलाहरुको नाम नआएको क्रममा महिलाहरुको पनि नेतृत्व हुनु पर्ने आप्नो धारणा रहेको बताईन् । यस्तै उपसचिप दावी गरेकै अर्की महिला नेतृ महेश्वरी राईले भने यसबारे आफुले केहि धारणा नराख्ने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0