काठमाडौंमा “लिम्चुङबुङ रेस्टुरेन्ट” उद्घाटन

पूर्णपुष्टि (काठमाडौं), पुस १० ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको नामको प्रवद्र्धनसमेतका लागि देशको राजधानी काठमाडौंमा एक रेस्टुरेन्टको नाम “लिम्चुङबुङ रेस्टुरेन्ट” राखिएको छ । काठमाडौंको जम्बुडाँडाछेउ गोठाटारमा “लिम्चुङबुङ रेस्टुरेन्ट” सञ्चालन गरिएको हो । लिम्चुङबुङ वडा नं. २ की साया राईले सञ्चालन गरेको सो रेस्टुरेन्टको उद्घाटन लिम्चुङबुङ पालिका अध्यक्ष मेजरकुमार राईले आज गर्नुभयो ।

उद्घाटन गर्दै उहाँले लिम्चुङबुङ पालिकाको नाम देशैभर चिनाउने अभियानमा यसले पनि टेवा पुर्याएको बताउनुभयो । यो पालिकाबासीको प्रगतिको प्रसंशा गर्दै उहाँले रेस्टुरेन्टको नाम आप्mनै पालिकाको रोजेकोमा धन्यावाद ज्ञापन गर्नुभयो ।

लिम्चुङबुङ कृषि र पर्यटनको हिसावले अगाडी बढाउदै गरेको पालिका भएकाले पालिकाबासीको यस्तो सिर्जनसिल कामले टेवा पुग्ने बताउनुभयो । रेस्टुरेन्टको कारण पनि अव काठमाडौंमा लिम्चुङबुङको नाम फैलने उहाँले बताउनुभयो ।

युवा उद्यमी सारा राईको ब्यवसायिक हिम्मतको कदर गर्दै उहाँले शुभकामना ब्यक्त गर्नुभयो । उहाँको ब्यवसायिक सफलताको लागि पालिकाको तर्फबाट साथ सहयोग रहने बचन उहाँको छ । रेस्टुरेन्टकी प्रोपाईटर सायाले आफ्नो  पालिकाको नाम उच्च राख्न यस्तो नाम रोजेको बताउनुभयो । सामाजिक सेवासहितको भावले ब्यवसाय थालेको उहाँले बताउनुभाये ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0