खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भिर घाइते

पूर्णपुष्टि, असोज १८
खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ, भने एक जना गम्भिर घाइते भएका छन् । रुपन्देहीको शुद्धोधन–३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता–३ का अवधेश चमारको खुकुरी प्रहारबाट ज्यान गएको हो । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट चमारको ज्यान गएको प्रहरीले जनाएको छ ।

आईतवार राति सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको पाइएको डीएसपी थापाले बताउनुभयो ।


सिंहले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0