गाईघाटको नितेश फेशन कलेक्सनमा कपडा किन्दा स्कुटर, मोवाईल र राईस कुकर जित्ने अवसर

पूर्णपुष्टि, असोज १४
गाईघाटको असारी रोड पुरानो सब्जी बजार बैजु गिफ्ट पसल अगाडी रहेको नितेश फेसन कलेक्सनले उपहार नै उपहारको दशैँ अफर ल्याएको छ । यस फेसन कलेक्सनले हरेक कपडाको खरिदमा स्कुटर, मोवाईल, राईस कुकर लगायतका उपहार सहित दशैँ अफर ल्याएको हो ।३ हजार माथी कपडा खरिद गरे बापत कलेक्सनले एउटा कुपन व्यवस्था गरेको छ । त्यसमध्ये भाग्यशाली ग्राहक १ जनाले यामाहा कम्पनीको स्कुटर प्रथम पुरस्कार पाउने छन्, त्यस्तै समासङ कम्पनीको मोवाईल ५ जनाले र अन्य १५ जना भाग्यशालीहरुले भने राईस कुकर पाउने छ । यी उपहारहरु भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत नितेश फेसन कलेकसनले उपलब्ध गराउने प्रोपाईटर रमेश कुमार रायले बताए । नितेश फेसन कलेक्सनमा साना देखि ठुला सम्म सबै खालको कपडाहरु राखिएको छ ।यो अफर बिषेश दशैँको लागि राखिएको छ । दशैँलाई पहिलो प्राथामिकता दिएर अफरको आयोजना गरे पनि छैठ सम्मका लागि यो अफर उपलब्ध हुने रायले बताए ।
ग्राहकहरुको मध्यनजर खिच्दै हरेक ग्राहकहरुले ३ हजार माथी कपडा खरिद गर्दा पसलले उपलब्ध गराएको कुपन कुनै पनि ग्राहकहरुको लागि भाग्य पल्टन सक्छ । यो अफर सिमित समयको लागि मात्र रहेकाले सकेसम्म छिटो कपडा खरिद गर्न रायले अनुरोध गरे ।जति बढी कपडा खरिद उत्तिनै धेरै कुपन उपलब्ध गराउने प्रोपाईटर रायले बताए । उनले ३ हजारको कपडा खरिदमा एउटा कुपन दिईने छ भने ६ हजारको खरिदमा २ ओटा ९ हजारको खरिदमा ३ ओटा गर्दै कपडा खरिद अनुसार कुपन बढाउन सकिने रायको भनाई छ । रायलाई ९८०१५१६२२२ सम्पर्क गरेर पनि कपडा बारे अडर गर्न र पसलको सुविधा बारे जानकारी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0