गाईघाटमा अटो तथा रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना फैलाउँदै ट्राफिक प्रहरी

पूर्णपुष्टि, मंसिर १

गाईघाटका अटो तथा रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । बुधबार गाईघाट त्रियुगा बसपार्कमा अटो तथा रिक्सा चालकहरुलाई जिल्ला जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरले सचेतना कार्यक्रम दिएको हो ।

पछिल्लो समयमा भएको सावरी दुर्घटनाहरु मध्य अटो रिक्साहरु समेत बढी दुर्घटनामा परेको बिषयलाई जोड्दै सुरक्षित यात्राका लागि सचेत गराईएको हो । जिल्ला ट्राफिक इन्चार्ज लिलाराज श्रेष्ठका अनुसार जिल्लाभरी करिब ७ सय ओटा अटो रिक्साहरु रहेको जनाएको छ । गत आर्थिक बर्षमा २३४ ओटा सवारी दुर्घटना मध्ये अटो मात्रै ३४ ओटा दुर्घटना परेको जनाउँदै यो निकै जोखिम र लापर्वाही रहेको जनाए ।

जिल्लामा ७ ओटा अटो रिक्साहरु मध्य करिब ८० प्रतिशतको भने लाईसेन्स भएको र बाँकी २० प्रतिशत बराबरको भने लाईसेन्स नै नभएको जनाएको छ । ईन्चार्ज श्रेष्ठले यो दुर्घटना हुनुमा चालककै लापर्वाही बाट हुने जनाए । नियम विपरिद सवारी चलाउनुको प्रमुख कारणनै दुर्घटना रहेको श्रेष्ठको भनाई छ । श्रेष्ठले अटोमा ३ जनाको मात्र सिट भएपनि ७ जना सम्म राखेर चलाउने, पार्किङ लापर्वाही, ओभर स्पिड जस्ता लापर्वाही अटो चालकहरुमा रहेको समेत औल्याए ।

उनले अटोका लागि लाईसेन्स नहुँदा आधिकारिक चालक प्रमाणित नहुँदा दुर्घटनामा धेरै अटो चालकहरुले जेल भुक्तान समेत गरिरहेको जनाए । उदयपुर प्रहरी प्रमुख तथा सचेतना कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरिक्ष (एसपी) सुवास चन्द्र बोहोराले चालकको पहिलो जिम्मेवारी भनेको सुरक्षित यात्रा र गन्तव्य रहेको जनाए ।

एसपी बोहोराले चालक एक जिम्मेवारी पात्र रहेकाले आफु र आफ्नो सवारीमा सवार यात्रुहरुलाई सुरक्षित गर्नु चालकको पहिलो कर्तव्य रहेको जनाए । बोहोराले चालकहरुलाई पैसाको लागि मात्र पनि व्यवसायमा नलाग्नु अनुरोध गरे । पैसाको लागि मात्र पेसामा लाग्दा दुर्घटनाको जोखिमहरु बढेर जाने उनले बताए । चालक एक समाजसेवा पेसा पनि रहेकाले पैसाको लागि तछाड मछाड, दौडधुप र हतारले यात्रुहरु असुरक्षित रहने उनले बताए । एसपी बोहोराले लाईसेन्स लिन बाँकी रहेका सबै चालकहरुलाई तत्कालै लाईसेन्स लिहाल्न समेत अनुरोध गरेको छ ।

सवारी नियम कडाईका साथ लागु भएको हुँदा लाईसेन्स अनिवार्य चाहिने उनले सुझाए । लाईसेन्स चालकको लागि एक महत्वपूर्ण प्रमाण भएको हुँदा लाईसेन्स बिहिन चालकलाई सवारीका लागि अयोग्य ठानिने बोहोराले सम्झाए । उनले चालकहरुलाई सम्झाउँदै भने, आफै आयोग्य भएपछि अरुलाई कसरी सुरक्षित यात्रको विश्वास दिने ? त्यसैले लाईसेन्स सबैले लिएर सवारी चलाउन अनुरोध समेत गरे । सचेतना कार्यक्रमलाई जेसिस उदयपुरले पनि सहयोग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0