गोली लागेर एक युवाको मृत्यु, ६ जना पक्राउ

पूर्णपुष्टि, पुष २६
शिकार खेल्न गएको एक युवाको गोली लागेर ज्यान गएको छ । स्याङ्जाको जंगलमा पुष २० गते राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका–१ का कालिखर्कका २७ वर्षीय मनोज विकको ज्यान गएको हो ।
भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको छ ।
उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0