चर्चित गायिका रचना रिमाल आज गाईघाट आउने

पूर्णपुष्टि, असोज २२

पछिल्लो समय युवा पुस्ता माझ अत्यादिक रुचाइएकी गायीका रचना रिमाल आज गाईघाट आउने भएकिछिन् । उनि बजाज सोरुमले गर्न लागेको बजाज एक्सजेन्ज माहामेलाको सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गाईघाट आउने भएको आयोजकले जनाएको छ ।

रिमाल नेपालकै चर्चित रियालिटि सो नेपाल आईडल बाट दर्शक माझ छाउँदै फोटो फिरिममा जस्ता चर्चित गित गाएर दर्शक माझ आफुलाई छाएकि हुन् ।

गायीका रिमालले टीकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको ‘फोटो फिरीममादेखि उनको प्रीति, एक चिम्टी सिँदुर, मिनरल वाटरजस्ता दर्जौ लोकप्रिय गीतहरु गाइसकेकी छन् । उनको प्रस्तुती साँझ ५ः०० बजेदेखि रहने बताइएको छ ।

असोज २२ देखि २७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा गायीका रिमालसँगै हालका चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत, अस्मीता अधिकारी, नेपाल आईडल उपबिजेता निशान भट्टराई, गायक, संगीतकार तथा लोकप्रिय स्टेज कार्यक्रम सञ्चालक टम्पशेर राई, अशोक शिवा र फिरोज बस्नेतलगायतको पनि प्रस्तुती रहने छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0