चीनले अनुदानमा दिएको भरोसेल खोप काठमाडौं आइपुग्यो

पूर्णपुष्टि, जेष्ठ १८

चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । आज नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी आज अपरान्ह काठमाडौं आइपुगेको छ । वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो ।

उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ । चीनबाट ल्याएको खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0