चुहाडेमा संञ्चालित व्याडमिन्टन प्रतियोगिता फाईनल पुग्यो

पूर्णपुष्टि, असोज १५
गाईघाट व्याडमिन्टन क्लव चुहाडेद्वारा आयोजित जिल्ला स्तरीय मेयर कप व्याडमिन्टन प्रतियोगिताको फाईनल भोली हुँदै छ । हिजोदेखि संञ्चालित प्रतियोगितामा (ए) डिभिजन तर्फ सन्तोष कटुवाल र विनय चौधरीको जोडी (चौदण्डीगढी) तथा बल वहादुर कार्की र हिमाल श्रेष्ठको जोडि (गाईघाट) फाईनलमा प्रवेश गरेका छन् ।
त्यस्तै (वी) डिभिजनतर्फ केनिस मगर र सुजन राईको जोडि (चौदण्डीगढी) तथा जिवन बोगटी र नविना राईको जोडी (कटारी) फाईनलमा पुगेको छ ।
(ए) डिभिजनतर्फको कटुवाल र चौधरीको जोडिले चित्र थापा र सरोज खवासको जोडी (गाईघाट) लाई पराजित गर्दै फाईनलमा पुगेको हो भने कार्की र श्रेष्ठको जोडीले दिपक राई र प्रतिस राईको जोडी (गाईघाट) लाई पराजित गर्दै फाईनलमा पुगेको हो ।त्यस्तै (वी) डिभिजनतर्फ मगर र राईको जोडीले जयराम राई र अख्तर आलमको जोडी (चौदण्डीगढी) लाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बोगटी र राईको जोडिले दिपक राई र रोजी राईको जोडिलाई पराजित गर्दै फाईनल पुगेको हो ।
आज तृतिय स्थानका लागि भएको खेलमा रोहित खड्का र दिपक किरातीको जोडी (कटारी) लाई पराजित गर्दै जयराम राई र अफताव आलमको जोडी (चौदण्डीगढी) ले जित हात पारे । यो जितसँगै राई र आलमको जोडी तृतिय भएका छन् ।

तृतिय स्थान ल्याउन सफल जयराम राई र अफताव आलमको जोडी

भोली दुवै डिभिजनको फाईनल खेल हुने छ । (ए) डिभिजनतर्फको तृतिय स्थानका लागि दिपक राई र प्रतिस राईको जोडि (गाईघाट) तथा चित्र थापा र सरोज खवासको जोडी (गाईघाट) बिच खेल हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ः २५ हजार, १५ हजार र ८ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0