जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

पूर्णपुष्टि, मंसिर १०

झापामा जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु छ । जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगर रहेका छन् ।
आज बिहान साढेँ ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको सुचना पश्चात ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरीको टोली खटिई घटनाको बारेमा कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0