जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, आठ जना गम्भिर घाईते

पूर्णपुष्टि, मंसिर २६

बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आठ जना गम्भिर घाईते भएका छन् ।
बा २ ख ५६१४ नम्बरको बस जन्ती बोकेर काभ्रेको भुम्लु जाँदै गर्दा शनिबार राती ९ बजे सिन्धुपाल्चोकको बलेफी – ४ मा दुर्घटना भएको हो । दुर्घटना बाट मृत्यु हुनेमा बस चालक बलेफी–६ का राजु तामाङ रहेका छन् । आठ जना गम्भिर घाईते भएका हरुलाई उपचारको लागी खाडीचौर र धुलिखेल अस्पतालमा लगीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0