ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी पक्राउ

पूर्णपुष्टि,कार्तिक १७
सुनसरीमा ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी पक्राउ परेको छ । जिल्लाको धरान उमहानगरपालिका–११ का २५ वर्षीय सन्तोष राईलाई पक्राउ गरी आज अदालतमा बुझाईएको हो ।
ज्यान मार्ने उद्योग मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०७६ फागुन १५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद भई लगत नं. ९४२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो । राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आर आई टी बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा गत १५ गते राईलाई पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका राईलाई हिजो जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0