ट्राफिक सप्ताहको दोस्रो दिन उदयपुरमा विद्यार्थी संयमसेवक सहित पर्चा पम्पप्लेट वितरण तथा सचेतना

पूर्णपुष्टि, पुष ५
ट्राफिक सप्ताहको क्रममा दोस्रोदिन उदयपुरको बिभिन्न सहर सँगै गाईघाट बजारमा विद्यार्थी संयमसेवकको टोली सहित पर्चा वितरण तथा सचेत कार्याक्रमरु गरिएको छ । जिल्लाको कटारी, बेल्टार रामपुर लगायतको बिभिन्न स्थानहरुमा विद्यार्थीहरुलाई संयमसेवको रुपमा खटाई पर्चा वितरण तथा सचेतनाको कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका ईन्चार्ज लिला कुमार श्रैष्ठले बताउनुभयो । कार्यक्रममा अत्यादिक भिँडभाँड र असहज स्थानमा जेब्रा क्रसिङ पनि निर्माण गरिएको छ ।

हिजो बाट प्रदेश नं १ भरीनै ट्राफिक सप्ताह सुरु गरिएको छ । उदयपुरमा पनि बिधिगत रुपमा कार्यक्रमको उद्घाट सँगै सप्ताहलाई निरन्तरता दिने कार्यक्रम रहेको छ । भोली तेस्रो दिन माहानगर तथा नरपालिका बजार भित्र रहेको पुटपाथहरु, ट्राफिक चिन्ह, र जथाभावि राखिएको सामानहरु हटाईनेछ, त्यसैगरी चौँथो दिन बसपार्क नजिकै रहेको त्रियुगा पुलमा संयुक्त रुपमा सवारी साधनहरुको अवस्था, ट्राफिक नियम तथा कागजात चेक जाँच सवारीमा सरकारले तोकेको मापदण्ड जस्तै अपाङ सिट, यात्रुको परिणाम, सिट क्षमता जस्ता आरकक्षणको निगरानी सँगै ३ ओटा विद्यालयहरुमा विद्यार्थीहरुलाई सचेतना सम्बन्धि कक्षा संञ्चालन गरिनेछ । यता पाँचौ दिन पिपलचोकमा विद्यार्थीहरुलाई सहभागी गराई ट्राफिक सचेतनाको लागि कार्यक्रमको तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0