ट्रेडमार्क चोरीको अभियोगमा एक व्यवसायी पक्राउ

पूर्णपुष्टि, मंसिर ९
ट्रेडमार्क चोरी र इमेलको दुरुपयोग गरेको अभियोगमा एक जना व्यापारी पक्राउ परेको छ । ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्कीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए । तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेल अनधिकृत रुपमा प्रयोग गरी फेसवुक र टिकटकमा प्रयोग गरेको उजुरी परेको प्रहरीले बताएको छ ।
प्रधान कार्यालय स्रोतका अनुसार बुधबार पक्राउ परेका कार्कीलाई ट्रेडमार्क चोरी र साइबर अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइनेछ ।
हलेसी डेकोरका संस्थापक अध्यक्ष हेमराज कार्कीले योगेन्द्र कार्कीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५, ४६ र ४७ को विपरीतको कार्य गरेको भनी जाहेरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0