ठूलाबडाबाट टिका र आर्शिवाद थापेर दशैं मनाइयो

पूर्णपुष्टि, असोज २९ ।
हिन्दुहरुको महान्पर्व दशैं आज ठूलाबडाबाट टिका आशिर्वाद थापेर मनाइएयो । घरघरमा टिका जमरा लगाउदै ठूलाबडाको आशिर्वाद थापिएको हो । आफन्त, नातागोतासंग भेटघाटसमेत हुने गर्दछ । छोरीचेलीहरु कोशेली पात बोकेर माइतीमा बुवाआमा, दाजुभाउजुबाट टिका थाप्ने गर्दछन् ।
मिठो खाने र राम्रो लाउने पर्वको रुपमा पनि मानिन्छ यो पर्व । राम्रो लुगामा ठाटिदै निधारमा टिका, शिरमा जमरा सिउरेर हिड्ने गरिन्छ । टिका पूर्ण अर्थात पाँचदिनसम्म लगाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0