त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश रसाईली निर्वाचित

पूर्णपुष्टि, पुष २६
उदयपुरको त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश रसाईली सर्वसहमत निर्वाचि भएको छ । पुष २६ गते सोमवार भएको संघको छैँठौँ बार्षिक साधारण सभा तथा अधिवेशनमा रसाईली सर्वसहमत निर्वाचित भएको हो । रसाईलीको अध्यक्षतामा १२ सदस्य कार्यसमिति तयार भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा नविन वस्नेत द्धितिय उपाध्यक्षमा पर्शुराम चौधरी, माहासचिवमा दिने श्रेष्ठ, सचिवमा रुपम अनुराग गुप्ता र कोषाध्यक्षमा टिकाकुमार श्रेष्ठ निर्वाति भएको हो । यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा सरोज बस्नेत, दिपेन्द्र प्रसाद श्रेष्ठ, रुद्र बस्नेत, बैजनाथ साह, श्रवण चौधरी र हिरा साह सर्बसहमत चयन भएका छन् ।

नबनिर्वाचित अध्यक्ष रसाईलीले आफ्नो प्रतिवद्धता मन्तव्यको क्रममा आवश्यक सदस्यहरु पछि मनोनित गरिने बताएका छन् । साधारण सभा तथा अधिवेशनकै दिन समितिका पदाधिकारीहरु औपचारिक विधिगत तरिकाले चुनिएका थिए । लामो समयको विवाद पछि त्रियुगा उद्योग बाणिज्य संघले आधिकारिक पदाधीकार तथा नेतृत्व पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0