त्रियुगा उद्योग वाणिज्य संघमा स्वतन्त्र निर्वाचन समितिको खोजी

पूर्णपुष्टि, मंसिर ४ ।
त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटमा स्वतन्त्र निर्वाचन समितिको खोजी हुन थालेको छ । विगतमा गजेन्द्र भगत नेतृत्वको कार्यसमितिले संघलाई सम्हाल्न नसक्दा पुरै विवादित भएपछि विकल्प खोजी भएको हो ।

स्वतन्त्र संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै स्वतन्त्र निर्वाचन समितिमार्फत त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको नयाँ कार्यसमिति चयन चाहेको कुरा सार्बजनिक गरेको छ । समितिका संयोजक चुडामणी कार्कीले अध्यक्ष भगतको टिम र बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको टिम भन्दा छुट्टै स्वतन्त्र पक्षले निर्वाचन गराउनुपर्ने धारणा राखे । स्थानीय प्रशासनको निगरानीमा स्वतन्त्र निर्वाचन समिति बनाउन उनको अपिल छ ।

संघको नेतृत्व गतिलो नहुँदा संघमा विवाद र झमेला मात्र चलिरहेको छ । तीनवर्षे कार्यकाल विभिन्न वाहानाबाजीमा म्याद थप्दै पाँचवर्ष कटाइसकिएको छ । संघभित्रको विवाद अदालतसम्म मुद्दामामिला चलिसकेको छ ।

बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको बहुमतको कार्यसमितिले अध्यक्ष भगतलाई साधारणसभासमेत नरहने गरी कारवाही गरेको छ । त्यसविरुद्ध अध्यक्ष भगतले लगाएको रिट अलादतबाट खारेज भएको छ । रसाईलीको टिम आफु बैधानिक भन्दै काम कारवाही बढाएको छ । यसैबीचमा स्वतन्त्र संघर्ष समितिको नाममा कार्कीको नेतृत्वमा एक टिम स्वतन्त्र निर्वाचन समितिको माग गर्दै गतिविधि अगाडी बढाएको हो । उसले आज हातमा कालोपट्टी बाधेंर समेत आन्दोलनको सुरुवात गरेको छ ।  उसले प्रशासनले अगुवाई गरी स्वतन्त्र समिति बनाइदेओस् भन्ने चाहन्छ भने रसाईलीको टिम आफ्नो टिमलाई आधिकारिक ठान्दै आफ्नो  नेतृत्वबाट अधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0