त्रियुगा नगरपालिका १४ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा सुरु

पूर्णपुष्टि, पुष २१
त्रियुगा नगरपालिका १४ नं वडाले धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको छ । स्थानीयहरुलाई स्वास्थ्य क्षेत्रमा टेवा पुराउने भन्दै आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याईएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाट बुधबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपप्रमुख देवी कुमारी चौधरी तथा त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक मान वहादुर राई सहितले गर्नुभयो ।

भवन उद्घाट गर्दै मेयर चौधरीले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानीय गाउँ ठाउँमा स्वास्थ्यको पहँुच तिव्र गतिमा बढ्दै गएको बताउनुभयो । मेयर चौधरीले नगरको समृद्ध नारालाई जोड दिँदै जनताहरुकै माग अनुरुप स्वास्थ्य, शिक्षा जस्ता कुरालाई स्थानीय जनप्रतिनिधिहरुलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको बताउनुभयो ।


मेयर चौधरीले नगरको विकासमा यस स्वास्थ्य सेवा केन्द्रले थप एक इटा थप्न सहयोग गरेको बताउनुभयो । उहाँले अब स्थानीयहरुले गाउँघरमै स्वास्थ्य सुविधा लिन पाउने भन्दै १४ नं वडालाई विषेश धन्यवाद तथा स्थानीयहरुलाई बधाई समेत दिनुयो ।

यस्तै नगर उपप्रमुख देवी कुमारी चौधरीले पनि यहाँका स्थानीयहरुले अव स्वास्थ्य सेवा गाउँघरमै लिन पाउने भएको हुँदा स्थानीयहरुलाई बधाई ज्ञापन गर्नुभयो । चौधरीले एउटा सानो समस्याको लागि पनि धेरै खर्च गरेर साउने गाईघाट धाउनु पर्ने समस्या हल भएको भन्दै यस स्वास्थ्य केन्द्रले यहाँको जनताहरुलाई पूर्ण सुविधा दिने बताउनुभयो ।

यस्तै गरी त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक तथा १६ नं वडाका वडा अध्यक्ष मान वहादुर राईले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्र नागरिकहरुको मौलिक हकमै रहेको बताउनुभयो । जनताहरुको आधारभूत आवश्यकताकै रुपमा रहेको सो स्वास्थ्य क्षेत्रलाई स्थानीय सरकारले पनि उत्तिकै चासो दिएर अगाडी बढाइएको बताउनुभयो । उहाँले स्थानीय चुनवामा पनि जनताहरुले स्वास्थ्य क्षेत्रलाई उत्तिकै महत्वका साथ माग गरेको हुँदा आज त्यो कुराहरु क्रमशः पुरा हुँदै गएको पनि जता सामु जानकारी गराउनुभयो ।

यता १४ नं का वडा अध्यक्ष कुरुङ राईले स्वास्थ्य केन्द्रले आफ्नो एरियाको जनताहरुलाई मात्रै नभई खोटाङका केही गाउँहरुलाई समेत समेट्ने गरी आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको बताउनुभयो । अध्यक्ष राईले स्वास्थ्य केन्द्र निर्माणको क्रममा केहि जनताहरु भ्रमित रहेर सेन्टरमा स्वास्थ्य केन्द्रको आवश्यक नठानेको भएपनि पछि सबैको सहमतिमा स्वास्थ्य केन्द्रको निर्माण गरिएको जनाउनुभयो । उहाँले निर्माण भएको स्वास्थ्य केन्द्रमा बाँजगरा, सिम्ले, घिर्लिङ पुङमाङ, धाप्लाङ र खोटाङका केहि भुभागहरुले समेत सेवा लिन पाउने बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0