त्रियुगा ११ नं. वडा कमिटिमा खड्काको नेतृत्व

पूर्णपुष्टि, मंसिर ४ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न गर्ने क्रममा उदयपुरको त्रियुगा नगरपालिका –११ मा शिवबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि बनेको छ ।

कमिटिको उपाध्यक्षमा राम बराइली, सचिव सोमानसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्ष विमला बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा कल्याण राई, उमेश कटुवाल, हेमकला राई, मिलन विक, कोपीला भुजेल, सिता राई, रमिता राई, गिता राई, बलबहादुर विक रहेका छन् । त्यस्तै कुमार राउत, दलबहादुर बस्नेत, राजकुमार राई, कौशल रेग्मी, कमला राई, अर्जुन अधिकारी, बृहस्पती राई, अम्बिका राई, रिता थापा, मञ्जु श्रेष्ठ, अस्मिता राई, उद्धव पराजुली, विक्रम राई, विरबहादुर विक र सानु विक रहेका छन् ।

अधिवेशनले नगरप्रतिनिधिका लागि राजकुमार राई, लक्ष्मीकुमार कार्की, दलबहादुर बस्नेत, विक्रम राई, रमिता राई, बलबहादुर वि.क., गीता राई, शिवबहादुर खड्का, सिता राई, सिताराम कार्की र कौशल रेग्मीलाई चयन गरेको छ ।

सल्लाहकार समितिमा विशेश्वर राई, शिवकुमार राई, सइन्द्र राई, उमादेवी कार्की, सिताराम परियार, जयसेर राई रहेका छन् भने जेष्ठ नागरिक मञ्चमा गंगाबहादुर बुढाथोकी रहेका छन् ।

अधिवेशन संविधानसभा सदस्य एवम् नेकपा माओवादी केन्द्र नेतृ मणी खम्बु किरातीको प्रमुख आतिथ्य, वडा इन्चार्ज कमला राई, सहइन्चार्ज राजकुमार शर्मा, शिक्षा तथा मानव स्रोत व्यवस्थापन विभागका प्रदेश सदस्य रमेश रोकाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमका तस्बिरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0