दाइको हत्या अभियोगमा भाइ पक्राउ

पूर्णपुष्टि, कार्तिक ३०
दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ परेको छ । इलामको सुन्दकपुरमा भाईले आफ्नै दाइको हत्या गरेका छन् । गाउँपालिका–१ चाँपगैरीका ३० वर्षे चक्र मुखियाले सोमबार साँझ करिब पौने ७ बजे ३५ वर्षीय दाजू इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
हिजो काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुंदा उनले दाइलाई चक्कु प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटि गई चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0