नेकपा एमाले त्रियुगा नगर अध्यक्षमा चारजनाको मनोनयन

पूर्णपुष्टि, कात्तिक १० ।
नेकपा एमाले त्रियुगा नगर कमिटिको नेतृत्वमा चारजनाको दावी परेको छ । नगर अध्यक्षका लागि चारजनाले मनोनयन गराएका छन् । सिर्जना दनुवार, केशब घिमिरे, दुर्गानन्द चौधरी र कुलबहादुर राउतको मनोनयन परेको हो ।

उनीहरुबीच सर्बसहमतिबाट नेतृत्व खडा गर्नेमा पार्टी लागी परेको बुझिएको छ । सोही अनुरुप उनीहरुबीच सहमति जुटाइ नेतृत्व चयन गर्ने उद्देश्यले पार्टी कार्यालयमा आज  पहल भइरहेको छ । एमाले स्रोतका अनुसार हर्दैसम्म सर्बसहमतका लागि पहल गरिनेछ, अन्यथा चुनाव हुनेछ । मनोनयन गरेका सबै उम्मेदवारहरुले आप्mनो नेतृत्व स्थापनामा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0