नेपालको कराँते महिला टिमले जिते स्वर्ण

मंसिर १६ गते । 

कराँतेको महिला टिम काताबाट नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जिटेको छ ।  काताको फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो ।

कराते महिला टिममा नेपालकी निर्मला तामाङ, सरु कार्की र संगीता मगरले स्वर्ण जितेकी हुन् । प्रतिस्पर्धामा पाकिस्तान दोस्रो बनेको छ । श्रीलंका तेस्रो स्थानमा चित्त बुझाएको छ ।

नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्दै स्वर्ण जितेको हो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0