नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

पूर्णपुष्टि, पुष २३
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको छ ।
पुष महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ ।
पछिल्लो समय भारतमा संक्रमण व्यापक फैलिएपछि त्यसको असर नेपालमा पनि देखिन सुरू भएको छ ।
गत मंगलबारदेखि नेपालमा संक्रमणदर बढ्न थालेको छ । हिजो मात्र नेपालमा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । जुन दुई महिनायताकै बढी संक्रमित संख्या हो ।
विज्ञहरूले यो संख्या थप बढ्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0