नौं बर्षमै धमाका मच्चाउने ‘द भोइस किड्स नेपाल’ की प्रतिस्पर्धि को हुन् अनुजा ?

पूर्णपुष्टि, पुष ६
‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो । आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् ।

झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भजन गाउन समेत रुचाउने अनुजा नृत्य र आर्टमा समेत अब्बल छिन् । अध्ययनमा समेत सँधै प्रथम स्थान हासिल गर्दै गायन क्षेत्रलाई अघि बढाएकी अनुजा झापामा हुने विभिन्न सांगीतिक र साहित्यिक कार्यक्रममा यो उमेरमै प्रमुख अतिथि बन्दै अरुलाई समेत हौसला र प्रेरणाकी पात्र बन्ने गरेकी छिन् ।

स्वर सम्राट नारायण गोपाल, तारादेवी, फत्तेमान, कुन्ती मोक्तान, जस्ता गायकले गाएका गीत गाउन रुचाउने अनुजा हिमालय टेलिभिजनबाट प्रत्येक शुक्रवार र शनिवार प्रशारित ‘द भ्वाइस किड्स नेपाल’मा आफ्नो प्रस्तुतिकै कारण चर्चाको शिखरमा छिन् । साहित्य चौतारी झापाद्वारा समेत सम्मानित उनी झापाका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाबाट सम्मानित तथा अभिनन्दित भएकी छिन् । खेलकुद प्रति पनि उत्तिकै रुची राख्ने उनी खेल क्षेत्रमा समेत अब्बल छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0