पत्रकार थापाको हत्यामा संलग्न रहेका ३ जनालाई जन्मकैद

पूर्णपुष्टि, मंसिर २७
जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेका तीन जना अभियुक्तलाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताउनुभयो
मुलुकी ऐन अनुसार नेपालमा जन्मकैदको सजाय २० वर्ष कैद हुने व्यवस्था रहेको छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीनजना आरोपितहरूलाई दोषी ठहर गरेको हो ।
आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई तीन वर्षको कैद सजाय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0