पहाडी भेगमा ढुवानी धान्दै आएका ट्याक्टरहरुको पिडा (फोटो फिचर)

तस्बिरहरु –भोटराज राई/पूर्णपुष्टि
उदयपुरको मुर्कुची-भुट्टार सडकमा विभिन्न अप्ठ्यारा उकालोमा ट्याक्टरको अघिल्लो भाग उचालिने भएपछि मानिस चडेर ओजन दिइ गुडाईन्छ । यो निकै जोखिमपूर्ण हुदाहुदै पनि ट्याक्टर गन्तब्यमा पुर्याउन यसो गर्न बाध्य छन् सहचालकहरु ।

पहाडमा जाने ट्याक्टरहरु प्रायः सबै संगै हिड्ने र बीचमा कुनै समस्या आईपरे, जस्तै सडक भत्किए, इन्जिन खराबी भए, सामुहिकरुपमा मिलेर समाधान गरेर गन्तब्यमा पुग्ने गरेका छन् ।
अप्ठ्यारो पार गरेको ट्याक्टरले पछाडिका ट्याक्टरलाई डोरी लगाएरसमेत तान्ने गर्छ ।
पहाडको अप्ठ्यारोमा पनि हिड्ने र सडक विगार्नेमा पनि एक नम्बरमा गनिने ट्याक्टरहरु दैनिक जसो यस्ता जोखिम मोलेर पहाडी गाउँपालिकाहरु रौतामाई र सुनकोशी क्षेत्रमा ढुवानीको काम गर्दै आएका छन् ।
दुबै गाउँपालिकाले हालैको गाउँ परिषद्बाट त्यस क्षेत्रका सडक स्तरोन्नतीका लागि विशेष बजेट छुट्याईएको छ । अव, जनप्रतिनिधिको तदारुकता र जनताको खबरदारी आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0